पत्थर हैन फूलैले हानेको तर झटारो ठहरियो
बैगुनीलाई माया दिनु आँखाकै तारो ठहरियो
घाम लागोस् या बादल दिन त उज्यालो कहलिन्छ
रात पो आखिर जूनै लागे पनि, अँध्यारो ठहरियो
000
खोली तरेपछि लौरी बिर्सिएर जाने नबन्नुहोस्
छुँदा चिलाउने खाँदा कोक्याउने माने नबन्नुहोस्
जनताको अभाव पूर्तिको प्रतिनिधि हुँ भन्ने भुलेर
माकुरोको सन्तान झैँ आमालाई नै खाने नबन्नुहोस्
000
दबाब आउँछ बरोबर निश्चित जमर्को गर् भन्छ
दुवैतर्फबाट मलाई ख्याल उता झर्को गर् भन्छ
कता मोडिएला दोबाटोमा एउटा बटुवा जस्तै ऊ
मनले एकतिर अह्राउँछ दिमागले अर्को गर् भन्छ
– झापा
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्![](https://www.nepalipublic.com/uploads/editor/Banner-muktak-nepalipublic.jpg)
![](https://www.nepalipublic.com/uploads/editor/Gajal-Maa-Shramik-Gajal-Bisesh-Banner.jpg)