टोकियो– गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय कमिटीले कान्तो रनिङ कप २०२० आयोजनाको तयारी गरेको छ । आगामी नोभेम्बर २९ तारिख जापानको टोकियो नजिकको सहर साइतामामा प्रथम एनआरएनए कान्तो फुटसल रनिङ कप २०२० हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख येनसहित कप र रनिङ सिल्ड दिने आयोजकले जनाएको छ ।
त्यसैगरी दोस्रो हुने टिमलाई २ लाख र कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले बताए । खेललाई नेपाल फुटबल सङ्घ जापान र गैरआवासीय नेपाली सङ्घ जापान र मातृ सन्देश डट कमले मिडिया सहयोग गर्ने भएका छन् । जापानभरिका खेलप्रेमीलाई समेटेर प्रथम एनआरएनए कान्तो फुटस्टल रनिङ कप २०२० हुन लागैकाले झन्डै ३० टिमहरूको सहभागिता हुने विश्वास राखेको छ ।
उक्त प्रतियोगितामा सहभागी हुन ४१ हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । एनआरएनए कान्तोका कोषाध्यक्ष सागर कार्कीले यसअघि गत मार्च २९ तारिख गर्ने भनिएको उक्त खेल कोरोनाको महामारीले स्थगन भएको जनाउँदै खेल दर्ता खुला भएको बताए ।