काठमाडौं– आजका लागि तय गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित गरिएको छ । भोलिको संविधान दिवस मनाउने तयारीमा प्रधानमन्त्री ब्यस्त भएपछि आजका लागि तय गरिएको बैठक आगामी असोज ४ गते बस्ने गरी स्थगित गरिएको हो ।
गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले गरेको सीमा विवाद समाधान, एमसीसी, पार्टीको महाधिवेशन, कोरोना महामारी रोकथाम लगायतका निणर्य कार्यान्वयन लागि सचिवालय बैठकमा छलफल गरिने बताइएको थियो ।