काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन सल्लाह दिएका छन् ।
बुधबार नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेताहरुले काठमाडाैंको एक निजी कलेजमा पत्रकार सम्मेलन गरेका थिए । भेटघाटपछि नेकपामा अध्यक्षद्वयबीच संवाद नै टुटेको छ । उता पछिल्लो समय प्रवक्ता श्रेष्ठले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलाउन भूमिका खेलेको चर्चा चलेको छ ।
- प्रचण्डलाई ओली क्याम्पबाट नेपालसँग मिल्न सल्लाह दिएको भन्दै ओली समूहले आक्रोश पोख्न थालेका छन् ।
प्रचण्डलाई ओली क्याम्पबाट नेपालसँग मिल्न सल्लाह दिएको भन्दै ओली समूहले आक्रोश पोख्न थालेका छन् । जसको परिणाम स्वरुप सल्लाहकार रिमालले विधि र पद्धतिका नाममा नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्न श्रेष्ठलाई आग्रह गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा प्रवक्ता श्रेष्ठलाई मेन्सन गर्दै सल्लाहकार रिमालले चेतावनीयुक्त ट्वीट लेखेका हुन् । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले सचिवालय सदस्य एवं पार्टी प्रवक्ता श्रेष्ठलाई पदको लाज जोगाउन आग्रह गरेका छन् ।
- उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘विधि र पद्धति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक
नबन्नुहोस् ।’
उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नारायणकाजी श्रेष्ठजी कमसे कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । ‘विधि र पद्धति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ।’
उनले मुलुक संवेदनशील मोडमा रेहेको बताउँदै पार्टी एकताविरूद्धका कुनै पनि गतिविधि कतैबाट हुन नहुने बताएका छन् ।