भारतका चर्चित संगीत निर्देशक वाजिद खानको निधन भएको छ। वाजिद आफ्ना जोडी साजिद खानसँग मिलेर साजिद–वाजिदको नामले फिल्महरुमा संगीत रचना गर्ने गर्दथे।
भारतिय सञ्चारमाध्यमहरुका अनुसार ४२ वर्षिय वाजिदको निधन सोमवार मुंबईको एक अस्पतालमा भएको हो। वाजिदका साथी तथा संगितकार सलीम मर्चेंटका अनुसार वाजिद केहिदिनदेखी अस्पतालमा भर्ना थिए। उनले वाजिदलाई कैयौँ स्वास्थ्य समस्या रहेको बताएका छन्।
वाजिद बिशेषगरी किडनीको समस्याबाट जुधिरहेका थिए। केहि समयअघि उनको किड्नी ट्रान्सप्लान्ट भएको थियो। पछिल्लो चार दिनदेखी उनी भेन्टिलेटरमा रहेका थिए। केहि समाचारहरुमा वाजिद खानलाई पछि कोरोनाभाइरस संक्रमण समेत भएको उल्लेख छ। जबकी यसकाे पुष्टि अहिलेसम्म भएको छैन्। वाजिदले सन् १९९८ मा फिल्म प्यार किया तो डरना क्या बाट म्यूज़िक कंपोजरको रुपमा आफ्नो यात्रा शुरु गरेका थिए।