काठमाडौं– नेपालमा भेटिएका तेस्रो कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित व्यक्ती चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ। बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भर्चुजल प्रेससिट गर्दै संक्रमित व्यक्तिकोबारेमा बताएका हुन्।
धादिङका ३२ वर्षीय पुरुष काठमाडौं आएपछि उनी होटलमा बसेका स्वास्थ्यमन्त्री ढकालले जानकारी दिए।
उनी होटलमा बस्ने क्रममा स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए।