लालबन्दी – कोरोना भाइरस संक्रमण पुष्टि भएकी नेपाली युवतीसँगै नेपाल आएकामध्ये चार जना नेपाली सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ रानीगंजका रहेको खुलेको छ।
कतारमा रहेका छोरालाई भेट्न एक महिना अघि सर्लाहीबाट बाबुआमा, बुहारी र छोरा गएका थिए। छोरालाइ भेटेर नेपाल आएसँगै उनीहरुले गाउँलेलाई चकलेट बाँडेका थिए।
उनिहरुसँगै आएकी यूवतीलाई कोरोना संक्रमण देखिएपछि हल उनीहरुलाई घरकै ‘क्वारेन्टाइन’मा राखिएको र गाउँको करिव १ सय घरमा सिल गर्नुपरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।
उनीहरु ७ दिन अघि सर्लाही आइपुगेका थिए। उनीहरुसँगै आएकी युवतिलाइ कोरोना संक्रमण देखिए पनि हाल उनीहरु चरजनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ।