काठमाडौँः स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पतालमा भर्ना भएका छन्।
ओलीलाई बिहान ९ बजे महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुर्याइएको थियो। पछिल्लोपटक आइतबार ग्रान्डी अस्पतालमा उनको डाइलासिस गरिएको थियो।
ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नियमित स्वास्थ्य प्ररीक्षणका लागि अस्पताल गएको जानकारी दिएका छन्।
यसअघि गत कात्तिक १३, १४ र ३० गते गरी तीनपटक डाइलासिस गराइएको थियो। आइतबार मात्रै ओली ग्राण्डी अस्पतालमा मिर्गौलाको नियमित डाइलायसिस गरेर फर्किएका थिए।