तनहुँ– तनहुँको भानु नगरपालिका वडा नं.२ मा स्थानीयले बनाएको खोरमा बाख्रा राखेर थापेको पासोमा एक चितुवा परेको छ। मझुवाओख्ले सामुदायिक वन उपभोक्ता समितिले वनमा बनाएको खोरमा चितुवा परेको हो।
वडा अध्यक्ष अर्जुन खड्काको अनुसार स्थानीयले बनाएको खोरमा वयस्क पोथी चितुवा परेको हो। यसअघि पनि वडा नं. २ र ३ मा राखिएको खोरमा ३ वटा चितुवा परेका थिए।
विगत डेढ वर्ष यता भानु नगरपालिकाको वडा नं. १, २, ३ मा चितुवा आतंक छ। यस अवधिमा चितुवाको आक्रमणबाट पाँच जना बालबालिकाको मृत्यु भइसकेको छ भने ७ जना बालकालिका घाइते भएका छन्।
चितुवा आतंक रोक्ने लक्ष्यले स्थानीय प्रशासनसँग मिलेर सामुदायिक वनहरुमा पासो राखिएको छ।