तस्विर गाेरखापत्र
काठमाडौं– शनिबार पनि वागमती सरसफाई अभियान अन्तर्गत बागमतीमा सरसफाई जारी रह्यो। शनिबार तीनसय ४१ औं हप्ताको रुपमा थापाथली पुल वरीपरी सफाई गरिएको हो।
नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय क्लब, स्वय्म सेवकहरुको बाक्लो उपस्थितिमा काठमाडौंको थापाथली र ललितपुरको कोपुन्डोल क्षेत्रमा सरसफाई गरिएको छ।
यसअघिको वागमती सरसफाई अभियानमा पनि त्यस क्षेत्रमा सयौं टनका फोहरलाई व्यवस्थापन गरिएको थियो।