काठमाडौं– यातायात व्यवस्था कार्यालयमा फर्जी सवारी चालक अनुमति पत्र नवीकरण गर्न आउनेको संख्या बढ्न थालेको छ। कार्यालयमा दैनिक पाँचदेखि १० चालक नक्कली लाइसेन्स बोकेर आउने गरेको पाइएको छ।
कार्यालयका प्रमुख डम्बरबहादुर चन्दले यसरी नक्कली लाइसेन्स बोकेर कार्यालय आउनेहरुको लाइसेन्स रद्द गरिएको बताए। प्रमुख चन्दले चालक अनुमतिपत्र नवीकरणका लागि आएका सेवाग्राहीका अभिलेख नदेखिएपछि रद्द गरिने जानकारु दिए। उनले सेवाग्राहीले जानेर हो या नजानेर त्यस्तो लाइसेन्स बनाएकोे बताए।
यातायात व्यवस्था विभागले सक्कली हो होइन भन्ने कुरा बुझेर मात्रै नवीकरण गर्दै आएको छ। कार्यालयले त्यस बखत चालक अनुमतिपत्र परीक्षा हुनेबेला स्थलगत विवरण (चेक लिस्ट) का आधारमा चालक अनुमतिपत्र सही हो होइन छुट्याउने गरेको छ।
कार्यालयमा कतिपय अभिलेख व्यवस्थित नहुँदा भने समस्या आउने उनको भनाइ थियो।