काठमाडौं– केन्द्रको चौथो चौमासिक अवधिमा राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले निःशुल्क एड्भान्स र बेसिक तालिम दिने भएको छ।
प्याट्रन सिलाइ कटाइ (एडभान्स), फेसन डिजाइनिङ, बेकरी एड्भान्स र ब्यूटिसीयन एडभान्सलगाएतमा तालिमहरु सीप अभिबृद्धि तालिम (एड्भान्स) अन्तर्गत पर्छन्।
त्यस्तै (बेसिक) सीपमुलक तालिम अन्तर्गत हाते इम्ब्रोइडरी, मेसिन इम्ब्रोइडरी, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, प्लम्बिङ, हाउस वाइरिङ, डल बनाउने, खाद्य प्रशोधनलगायतका २० किसिमका तालिम दिने तय गरिएको छ।
केन्द्रको अनसार मधेसी, अपाङ्ग दलित, जनजाती, सहिद परिवार र पिछडिएका वर्ग एवम् क्षेत्रका व्यक्तिहरुलाइ तालिममा छनोट गरिने छ भने एड्भान्स तालिमको हकमा बेसिक तालिम लिएर आयआर्जनमा संलग्नलाई विशेष प्राथमिकता दिइने छ।
शुक्रबार प्रकाशित भएको सूचनामा इच्छुक उम्मेदवारले मंसिर २० गते भित्र केन्द्रको कार्यालय त्रिपुरेश्वर, काठमाडौँमा आवेदन दिनुपर्ने उल्लेख छ।