काठमाडौं– नेपाल–भारत सीमा विवाद चलिरहेको वेला बुधबारबाट पोखरामा भएको सीमा सुरक्षा बैठक सकिएको छ।
नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको टोलीबीच बैठक भएको हो।
बैठकमा विवादित कालापानी, लिपुलेकको विषयमा छलफल नभई सीमा अपराध, दशगजामा संयुक्त गस्ती र सूचना आदन प्रदानको विषयलाई मात्रै केन्द्रित बनाएर छलफल सकियो।
स्रोतको अनुसार हरेक वर्ष हुने यो बैठकको एजेण्डा पहिल्यै तय हुन्छ र त्यो विषय एजेण्डामै थिएन। सशस्त्र प्रहरीका एक उच्च अधिकृतले दुई देशका सुरक्षा अधिकृतबीच संयुक्त अभ्यास गर्ने सहमति भएको जनाए। र तालिमको मिति पनि तय भएको छैन।
बिहीबारै टोली काठमाडौं फर्किएको थियो भने शुक्रबार औपचारिक सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा एक कार्यक्रमका बीच बैठक समापन गरिएको छ। टोली शनिबार भारत फर्किनेछ।