काठमाडौं– नेपाल प्रज्ञा–प्रष्ठिानले अन्तर्रा्ष्ट्रिय दर्शन दिवसका अवसमा बिहीबार आयोजना गरेको ‘बौद्ध दर्शन र यसको अन्तर्रा्ष्ट्रिय प्रभाव’ विषयक विचार गोष्ठीमा विद्वानहरुले बौद्धको दर्शन कल्पनासँग मात्र नभई जीवनको हरेक चिन्तनसँग जोडिएको बताएका छन्।
कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको इतिहासमा गौतम बौद्धको इतिहास खोज्न सकिने बताएका छन्। ‘बौद्ध दर्शनमा मात्र आधारित छैन। यसमा धर्म पनि सँगै जोडिएको छ’, जोशीले भने।
प्रज्ञा–प्रष्ठिानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अन्तराष्ट्रिय रुपमा दर्शको ठूलो महत्व रहेको र दर्शन आफैँमा जीवन र जगत्लाई व्याख्य गर्ने कुरा रहेको बताए। उनले नेपालको दाशर्निक स्वरुप र नेपालले पुया्एको योदानको अन्तराष्ट्रियस्तरमा चर्चा हुनुपर्ने धारणा राखेका छन्। साहित्यकार तथा संस्कृतिविद् मोदनाथ प्रश्रितले बौद्धको दर्शनलाई अघि नसारेसम्म भेदभावरहित समाजको निर्माण हुन नसक्ने जानकारी दिएका छन्।
‘मानव आफ्नो कतवर्य आधारमा अगाडि बढ्नुपर्छ भन्ने विचार नै बौद्धको विचार हो’, प्रश्रितले भने। प्रज्ञा–प्रष्ठिानका सदस्यसचिव तथा दर्शनशास्त्र विभागका प्रमुख जगतप्रसाद उपाध्यायले संसारका विभिन्न क्षेत्रमा रहेका जनताका बीचमा भविष्यको पुस्ताले पनि दर्शनशास्त्रको अध्ययन गर्न पाउनुपर्छ भन्ने दर्शन दिवसको उद्देश्य रहेको बताएका छन्। रासस