तनहुँ– तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा एक भाले चितुवा मृत अवस्थामा भेटिएकाे छ। भाले चितुवाको ढाड भाँचिएको अवस्थामा मृत फेला परेको डिभिजन वन अधिकृत प्रमुख केदार बरालले जानकारी दिए।
व्यास नगरपालिकामा चितुवाको बच्चा मृत भेटिएको हो। बरालका अनुसार राजमार्गमा बाटो काट्ने क्रममा गाडीको ठक्करबाट घाइते भएको चितुवा पानीको खोजीमा खोलातिर गएको जस्तो देखिन्थ्यो र त्यहि मरेकाे हाे।
खोला नजिक चितुवाले बान्ता पनि गरेको छ। मृत फेला परेको भाले चितुवा करिब ८ वर्ष जतिको र ४० किलो जति तौल रहेको थियाे। मंगलबार राती करिब २–३ बजेको समयमा उक्त घटना भएको हुन सक्ने बरालले जानकारी दिए।