काठमाडाैं– जाडोयाम सुरु भएसँगै नेपालको चर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडोलक्षित गरी विभिन्न किसिमका घरायसी सामग्रीहरु बजारमा ल्याएको छ।
यसअन्तर्गत रुम हिटर र हेलोजिन हिटरमा हालै बिल्कुलै नयाँ स्वरुप र आकर्षक रंगहरुमा ल्याएको छ। जसले कोठालाई एकदमै न्यानो पार्ने कम्पनीले जनाएको छ। सीजीले कम मूल्यका ग्यास तथा इलेक्ट्रिक दुई किसिमका गिजरहरु उपलब्ध गराएको छ।
त्यसैगरी केही समयमा नै कुनै झन्झटविना पानी तताउन विभिन्न आकर्षक मोडल र विभिन्न किसिमका इलेक्ट्रिक केटल र हटपटहरु रहेका छन्। तातिएका पानीलाई लामो समयसम्म पनि उस्तै बनाइराख्न भ्याकुम फ्ल्याक्स र थर्मसहरु पनि उपलब्ध गराएको छ।