काठमाडौं - महिन्द्रा गाडीको धुम्बराहीस्थित सर्भिस सेन्टर गुडलिकं अटोमोबाईल्सको लापरवाहीका कारण एउटा जिप ३ महिनादेखी थन्कीएको छ। महिन्द्रा कम्पनिको बा २० च ६३५० नम्बरको थार जिप २०७६ साउन २२ गते ‘डेकोरेसन’को लागि दिएको भएपनि ३ महिनासम्म फिर्ता नपाएको सवारीधनी सुरज अधिकारीले बताए।
‘३ महिना भयो गाडी लगेर छोडेको,’ अधिकारीले नेपाली पब्लिकसँग भने, ‘अहिलेसम्म गाडीको एउटा काम पनि गरेको छैन्।’ बारम्बार ताकेता गर्दा पनि विभिन्न बहाना बनाएर टार्ने गरेको उनले गुनासो गरे।
सामान्य मर्मत र ‘डेकोरेसन’को लागि दिएको गाडी सर्भिस सेन्टरमा पहिलाभन्दा नाजुक अवस्थामा भेटिएको छ। ‘साईलेन्सर पाईप कुच्चिसकेको रहेछ,’ अधिकारीले भने, ‘पुरै गाडी नै खोलेर बेहाल अवस्थामा राखेको छ।’
यसरी सर्भिस सेन्टरले झुलाउदाँ आफुँलाई निकै समस्या भएको अधिकारीले गुनासो गरेका छन्। ‘कहिले सामान छैन् भन्छ, कहिले २ दिनमा तयार हुन्छ भन्छ, तर अहिलेसम्म काम भने केहि पनि भएको छैन्।’
‘डेकोरेसनसँग सम्बन्धित सामान अर्डर गरीसकेको भएपनि नआएको हुँदा गाडी बन्न समय लागेको गुड अटोमोबाइल्सका सञ्चालक निमा शेर्पाले बताए। ‘सामान नै बाहिरबाट मगाउनुपर्ने भएर समय लागेको हो,’ उनले भने, ‘कम्पनीको सामान हालेर त एक हप्तामै तयार गर्न सकिन्छ।’ यता सवारीधनी अधिकारी भने शेर्पाको कुराको खण्डन गर्दै भन्छन्, ‘यस्तो कुरा त शुरुदेखी नै सुन्दै आएको छु, तर अहिलेसम्म गाडी भने पाएको छैन्।’