काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक इन्च भुमी पनि कसैलाई मिच्न नदिने र अतिक्रमित भूमी सरकारले फिर्ता लिने बताएका छन्।
नेपाल युवा संघ नेपालको राष्ट्रिय एकता भेलामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संवादबाट समस्याको समाधान चाहेको र अहिलेको सरकार संवाद गर्न नसक्ने कुरा गर्न नसक्ने सरकार नभएको जनाए। यो सरकार राष्ट्रिय हितको पक्षमा सरकार लड्न सक्छ भन्ने कुरा इतिहासले देखाइसकेकोसमेत उनले सुनाए।
‘सरकारले संवादबाट सीमा सम्बन्धी समस्या समाधान गर्छ’ प्रधानमन्त्री ओलीले भने,‘हाम्रो भूमिबाट विदशी फौज फिर्ता गराउँछ। हाम्रो भूमिको रक्षा गर्छ।’ कतिपयले नक्सा सच्याउने कुरा गरेको भन्दै ओलीले नक्सा सच्याउने मात्र नभइ भूमि फिर्ता ल्याउने कुरा महत्वपूर्ण रहेको ओलीको स्पष्ट पारे।
‘नक्सा त प्रेसमा छाप्दा भइहाल्छ। यो प्रेसमा नक्सा छाप्ने कुरा मात्र होइन। भूमि फिर्ता ल्याउने कुरा हो’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल र नेपालीहरु भूमि फिर्ता ल्याउन सक्छन् र सक्षम छन्।’
प्रधानमन्त्रीले भने ‘नेपालको गरिमा बढेको छ। महत्वपूर्ण शक्ति राष्ट्र प्रमुखको भ्रमण लगातार भइरहेको छ। इतिहासमा यस्तो हुदैनथ्यो। अहिले नेपालको कुरा सुनिन थालेको छ।’