काठमाडौं– सरकारले कफीको भाउ, कुनको मूल्य कति भनेर तोकेको छ। कफीको यसअघिको मूल्यमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले परिमार्जन गर्दै आर्थिक वर्ष ०७६र७७ मा कृषकबाट उत्पादित काँचो कफीको न्यूनतम मूल्य तोकेको हो।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले १५ औं राष्ट्रिय दिवसको अवसरमा फ्रेस चेरी, पाचर्चमेन्ट र ड्राइ चेरी कफीको न्यूनतम मूल्य ताेकेकाे हाे। बोर्डले निर्धारण गरेकाे नयाँ मूल्यअनुसार फ्रेस चेरी ग्रेड ‘ए’ को मूल्य प्रतिकेजी ८५ रुपैयाँ पर्नेछ भने फ्रेस चेरी ग्रेड बीको मूल्य प्रतिकेजी ७५ रुपैयाँ पर्नेछ।
त्यसैगरी पार्चमेन्ट कफी ग्रेड ‘ए’ को प्रतिकेजी मूल्य रु ४ सय २५ र ‘बी’को रु. ३ सय ७५ राखिएकाे छ। ८ सय मिटरभन्दा माथि प्रांगारिक पद्दतिअनुसार उत्पादन गरिएको ठिक्क पाकेको, पानीमा नडुब्ने चेरीलाई बोर्डले ग्रेड ‘ए’ वर्गीकरण गरेको छ। ग्रेड ‘बी’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको पार्चमेन्ट भने ग्रेड ‘बी’गरीएको छ।
ड्राइचेरी कफी ग्रेड ‘ए’ को न्यूनतम मूल्यमा केही परिमार्जन गर्दै प्रतिकेजी १ सय ४० र ग्रेड ‘बी’ को भाउ ९० पु¥याइएको छ। ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ११ प्रतिशत चिस्यानसहितको ड्राइ चेरी ग्रेड ‘ए’ र ‘बी’ गुणस्तरबाट उत्पादित चेरीलाई बोर्डले ग्रेड ‘बी’ मा राखेको छ।
हरेक वर्ष कफीको न्यूनतम मूल्य तोक्दै आएको बोर्डले निर्धारित मूल्यमै किनबेच गर्न आग्रह गरेको छ। कसैले न्यूनतम मूल्यविपरीत कारोबार गरेमा बोर्डमा सम्पर्क गर्न पनिे सूचित गरेको छ।