काठमाडौं– इलाम भन्नसाथ तपाईंको स्मृतिमा यस्तै दृश्य सल्बलाउन थाल्छ जहाँ कार्पेट बिच्छ्याए झैँ थुम्का(थुम्कामा चिया बगान। लस्करै धुपीका बोट। नाकबेली बाटो छ। हो पनि, इलामलाई चिनाउने खास चिया बगान नै हो। कलकलाउँदो चिया बगान देखेर आगन्तुकहरु हुरुक्कै हुन्छन्।
इलाम यस्तो क्यानभास हो, खोल्साभरी अलैंची, पाखाभरी चिया, कान्ला(कान्लामा अकबरे र अदुवा र दोबाटोभरी दुध बोकिरहेका घोडाका लस्कर जसमा पौरखी हातहरुले जतनकासाथ कुची चलाएका हुन्। कवि भूपी शेरचनलाई सायद यसैले त फुरेको हुनुपर्छ, चिसो सिरेटो, र क्षण(क्षणमा बहकिने भुँइकुहिरो।
इलामको मौसम पनि आगन्तुकसँग लुकामारी खेले झै लाग्छ। इलामको खास सौन्दय सुरम्य चिया बगान हो। अलैंची, अम्लिसो, अदुवा र अकबरेले यसलाई थप कोरीबाटी गरिदिएको छ,। कृषि उपजको हिसाबले इलामलाई ‘पाँच अ’ (अर्थोडक्स चिया, अकबरे, अम्लिसो, अदुवा, अलैंची)को जिल्ला पनि भनिन्छ।
इलामेलाई पौरखी र समृद्ध बनाउने पनि (अर्थोडक्स चिया, अकबरे, अम्लिसो, अदुवा, अलैंची) हुन्। इलामको फन्को लगाएर आगन्तुकको धित मर्दैन। घुमफिरका सौखिनहरुलाई इलामले सधै आमन्त्रण गर्छ। उनीहरु कहिले कन्यामको चिया बगानमा हराउँछन, कहिले श्रीअन्तुमा झुल्के घाम हेर्न पुग्छन, कहिले माइपोखरीको सौन्दर्यमा लट्ठ पर्छन्।
इलामको फन्को
इलाम र दार्जी्लिङको सबैभन्दा उचाईमा रहेको सन्तपुरबाट आँखै अगाडि हिमाली दृश्य नियाल्न सकिन्छ। त्यसैले इलाम पुगेपछि सन्तपुर किन छुटाउने ? त्यो उचाईबाट सूर्याअस्त र सूर्योदयको दृश्य पनि धेरै राम्रो देखिन्छ जुन दृश्य हेरेको हेरै भईन्छ्। सन्तपुरसँगै छिन्टापुको फन्को लगाउन सकिन्छ।
यद्यपि सन्तपुरसम्म पुग्ने योजना बनाइसकेपछि केही न्यानो लुगाफाटोको जोहो भने गर्नुपर्छ। इलामको स्वागतद्वार हो, सानो पाथीभरा हो। कुटीडाँडामा रहेको पाथीभरा एवं हाँसपोखरी धार्मिक आस्था राख्नेहरुका लागि उपयुक्त गन्तव्य हो। त्यहाँबाट अगाडि बढेपछि तपाईं कन्यामको काखमा लुटपुटिनु हुनेछ।
कन्याममा आगन्तुकलाई लक्षित गरेर घोडासवारी लगायतबाट मनोरञ्जन लिन सकिन्छ। कन्याम कटेपछि फिक्कल बजार पुगिन्छ। जहाँ तपाईंले इलामको कोसेली खरिद गर्न सक्नुहुनेछ जुन ईलामको कोसेली हुन्। स(साना पसलमा सजाइएका अकबरे खुर्सानी, छुर्पी, ललिपपले पक्कैपनि तपाईंलाई लोभ्याउनेछ।
फिक्कलबाट तपाईं सरासर इलाम बजारतर्फ लाग्नुहुन्छ वा श्री अन्तुतर्फ मोडिनुहुन्छ ?
केही घण्टा पर पुगेपछि तपाईं श्रीअन्तु पुग्नुहुनेछ, फिक्कलबाट श्रीअन्तु टाढा छैन। झुल्के घाम हेर्नका लागि देशभरमै प्रख्यात मानिन्छ। अहिले श्रीअन्तु हेर्नका लागि झुल्के घाम मात्र होइन, मझौला ताल, कलकलाउँदो चिया बगान र रैथाने जीवनशैली पनि काफी छ। रात काट्नका लागि होमस्टेको व्यवस्था छ।
फिक्कलबाट नजिकैको गन्तव्य हो, पशुपतिनगर। यो व्यापारिक बजार हो, इलाम र दार्जी्लिङको सीमावर्ती।
अब तपाईं इलाम बजारलाई गन्तव्य बनाएर पुनः फिक्कल हुँदै अगाडि बढ्नुपर्छ। इलाम बजारमा पुगेपछि थुप्रै घुम्नलायक र हेर्नलायक ठाउँहरु पाउनुहुनेछ।
इलाम बजारसँगै जोडिएको चिया बगान घुमेर पनि तपाईं ताजा हावा लिन सक्नुहुनेछ। त्यहाँ नेपालकै सबैभन्दा पुरानो चिया कारखाना अवलोकन गर्न सकिनेछ। माइपोखरी, टोड्के झरना इलाम बजारबाट उत्तरतिर छ। माइपोखरी, टोड्के झरना हुँदै सन्तपुरसम्मको यात्रा गर्न सकिन्छ।
रामसार क्षेत्रमा सूचिकृत माइपोखरी खासगरी जैविक विविधताको खानी मानिन्छ। विशाल जलाशयले टिलपिल माइपोखरी धार्मिक आस्थाको केन्द्रबिन्दु पनि हो। इलाममा घुम्न आउँदा न्यानो लुगा चाहिँ लगाउनै पर्छ। यहाँको हावापानी अलिक चिसो छ।
बसोबासका लागि पेइङ गेस्ट वा होमस्टेको व्यवस्था छ। इलामको शहरी क्षेत्रमा होटल र लज पनि भेटिन्छन्। अँ त, इलामबाट र्फकदा यहीँ बनेको छुर्पी, चिज, ललिपप, अकबरे खुर्सानी, चिया कोसेली बोक्न भने नभुल्नु होला है !