काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्ष्भित्र निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गरेका छन्।
साथै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधारको कामलाई पनि तीव्रता दिइएको मन्त्री भट्टराईले जानकारी दिए।
त्यसैगरी पोखरा क्षेत्रीय विमानस्थल पनि दुई वर्ष भित्र संचालनमा आउने गरी काम भइरहेका मन्त्री भट्टराईको दावी रहेको छ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपालको आर्थिक विकासको गतिलाई तीव्रता दिन सरकारले विमानस्थलहरुको निर्माण र स्तरोन्नतिको कामलाई जोड दिनु परेको स्पष्ट पारे।
मन्त्री भट्टराईको अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बारमो धेरै नकारात्मक टिप्पणी आउने गरेकाले त्यसको सुधारमा केन्द्रित हुनु परेको हो।