काठमाडौं– शिख धर्मका प्रवर्तक गुरु नानकको ५५०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। गुरु नानकको जन्म विसं १५२६ कात्र्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो।
उनले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुभयो। जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात् उनले गराए। गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु गन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गरिएको स्वामी गोकुलानन्दले राससलाई जानकारी दिएका थिए।
यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी उनको जन्मजयन्ती मनाइँदैछ। यसैगरी प्रमुख वैष्णव सम्प्रदायमध्ये निम्बार्क सम्प्रदायका प्रवर्तक जगद्गुरु निम्बार्कको जन्मजयन्ती पनि आजै मनाइँदैछ।
रासस