काठमाडौं– कतिपय अवस्थामा रुमालको निकै ठुलो काम आइलाग्छ। कतिले गोजीमा यो झोलामा, हाते ब्यागमा र केहिले हातमा समेत बोक्ने गर्दछन् रुमाल।
यदि यस्तो बेला आफूसंग रुमाल भएन भने त्यसले व्यक्तित्वमा नराम्रो प्रभाव समेत पार्दछ। तर रुमाल बोक्दा त्यसको सरसफाई, रंग आकार र प्रकारका कारणले केहि स्थानमा मानिसलाई लज्जित समेत तुल्याउछ।
रुमाल बोक्नुका फाइदा र बेफाइदा यस्ता रहेका छन्ः
– यदि तपाईमा रुमाल भित्र पैसा, कलम वा कागज बोक्ने बानि छ भने तत्काल त्यो बानि त्याग्नुहोस्, रुमालमा सामान राख्ने मानिसमा एकाग्रताको कमी हुने गर्दछ।
– ज्योतिषका अनुसार आर्थिकताको काम गर्ने ब्यक्ति वा रकमको कारोबारमा जादा ४ वा ६ फोल्ड गरेर गोजीमा राखेमा यसले राम्रो लाभ दिने गर्दछ।
– यदि रुमाल दैनिक धुने गर्नु भएको छैन र रुमाल फोहोर छ भने यसले नकारात्मक असर पार्ने गर्दछ। फोहोरी रुमालले मानिसमा नकारात्मकता हावी गराउँदछ। आफ्नो रुमाल अरुलाई दिने र अरुको लिने गर्नुहुदैन। यसो गरेमा एकअर्काको रोग भएमा त्यसको संक्रमण सर्न सक्ने संभावना हुन्छ।
– रुमाल बोक्दा मधुरो रंगको बोक्नुपर्छ। साथै पुरुषले आफ्नो हातको डेढ वित्ता (भित्ता) र महिला एक वित्ता दुई औला लम्बाइ चौडाई भएको रुमाल बोक्नुर्छ। यसले मानिसमा आत्म विश्वासको कमी हुन दिदैन।
– रुमाल बोक्दा व्यवसाय गर्नेले पहलो, विवाहिता वा विवाहको उमेर पुगेकाले रातो, सुरक्षा क्षेत्रमा काम गर्नेले निलो, विद्यार्थीले सेतो, निसन्तान दम्पतीले गेरु, कर्मचारी वर्गले हरियो तथा प्रविधिको क्षेत्रमा काम गर्नेले खैरो रंगको रुमाल बोक्नुपर्छ।
– आयभन्दा बढी खर्च भइरहेको छ, पढाईमा ध्यान जादैंन, अनाहकमा अपजस खेप्नु परेको छ वा सोचेअनुरुपको काम भइरहेको छैन भने हरेक मंगलवार गोजीमा रातो रुमाल राख्नुस् यसले केहि साताभित्रै राम्रो लाभ दिन्छ।