विराटनगर– बहुप्रतिक्षित एकीकृत भन्सार जाँचचौकीको निर्माणकार्य सम्पन्न भएको छ। विराटनगर भन्सार कार्यालयदेखि पूर्व भारत सिमानासँग जोडिएको बुधनगरमा सो चौकी १२९ बिघाहामा संरचना तयार गरिएको छ।
चौकी निर्माण गर्न भारत सरकारसँग सन् २००६ मै सम्झौता भए पनि यसको निर्माणकार्य सन् २०१६ बाट शुरु भएको हो। भारतका अहमदावादको दिनेशचन्द्र आर अग्रवालले भारतीय रकम रु एक अर्ब १४ करोड लागतमा निर्माण गर्न ठेक्कमा लिएको थियो।
विराटनगर भन्सार कार्यालयबाट हुने सबै काम एकीकृत जाँचचौकीबाट शुरु भएपछि विराटनगर रानीसँग जोडिएर रहेका जोगबनी बजार पनि सहज हने र सवारीको चाप स्वतः घट्ने अनुमान गरिएको छ।
विविध कारणले निर्माणमा ढिलो भएको भनिए पनि अगामी केही दिनमै सो जाँचचौकी सञ्चालनमा आउँदा धेरै कुरामा सहज हुने भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिएका छन्।
‘उनले भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि सो चौकी सञ्चालनमा आउनेछ भने। ‘यसबाट भन्सारका हरेक गतिविधिलाई व्यवस्थित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ। (रासस)