काठमाडौं — काठमाडौं विश्वविद्यालय र गैरआवासीय नेपाली संघद्दारा सञ्चालित मुना परियोजनाबीच सहकार्य शुरु गरेको छ।
कृषि बजारको जिल्लास्तरीय स्थलगत सम्भाव्यता अध्ययन शुरु हुने भएको छ। उक्त अध्ययनमा सहभागी हुने काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) का प्राध्यापक तथा विद्यार्थी हरुका लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएसँगै उनीहरुबिच सहकार्य सुरु भएको हो।
प्रदेश ३ मुना कृषि बजारको जिल्लास्तरीय स्थलगत सम्भाव्यता अध्ययनका निम्ति कुसुमले सहकार्य गरेको हो। नेपालको निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक ,व्यवसायीक एवंम प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी दिगो विकासको माध्यमबाट किसानको जीवनस्तरमा सुधार ल्याउने परियोजनाको मुख्य लक्ष्य रहेको बताइएको छ।
‘कार्यक्रममा कुसुमका डिन प्रा . डा. बिजय के सी ले कार्यक्रममा स्वागत मन्तव्य एवम् कार्यक्रम माथि प्रकाश पारेका थिए“ भने कुसुमका एसोसियट डिन प्रा.डा.बिनोद कृष्ण श्रेष्ठसहित यस कार्यक्रममा कृषि क्षेत्रका थुप्रै विज्ञहरुको बाक्लो उपस्थिति थियो।
प्रदेश ३ का भूमि व्यवस्था,कृषि एवम् सहकारी मन्त्री दावा दोर्जे लामा को प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा प्रदेश ३ का भूमि व्यवस्था , कृषि एवम् सहकारी सचिव डा। योगेन्द्र कार्की को सभापतित्व रहेको थियो।
‘परियोजना मार्फत नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सहयोग गर्ने र कृषि समुह तथा सहकारी मार्फत कृषकहरु सम्म पुगेर सहयोगी भुमिका निर्बाह गर्नका लागी एनआरएन समुदायले प्रबासमा देखेका,जानेका र संभावना भएका कृषि अवधारणाहरुलाई काठमाडौं विश्वविद्यालय र कृषिमन्त्रालय प्रदेश ३ संगको सहकार्य मार्फत मुना कृषि बजारको अवधारणा अघि सारिएको मुना कार्यदलका संयोजक युवराज गुरुङले बताए।’
त्यसैगरी कार्यक्रममा बोल्दै प्रा. डा. अच्यूत वाग्ले यो कार्यक्रम हामी सबैको लागी नयाँ हो,सबैको सहकार्यले यस मुना कृषि बजार लाई अघि बढाउनको लागी आग्रह गरेका थिए। यो कर्पोरेट रुपमा काम सुरु गरेपनि सरकारको समेत यसमा लगानी रहेको छ त्यसैले किसानको हकहित र रक्षाका लागी मुना परियोजना कटिबद्ध रहने जानकारी दिए।’
‘त्यसैगरी मुना कार्यदलका संयोजक युवराज गुरुङल ले किसानको शसक्तिकरण कटिबद्धता रहनेछ। कृषि एवम् सहकारी मन्त्रालयका सचिव डा। योगेन्द्र कार्कीले मुना कृषि दलले अघि सारेको यो योजनामा आफ्नो पूर्णरुपमा सहयोग रहने बताएका छन। ’ ‘कृषि उपजलाई आफ्नै बजार मार्फत स्वच्छ , स्वस्थ र गुणस्तर रुपमा उपभोक्ता सम्म पुप्याउने , देशलाई कृषिमा आत्मनिर्भर गराउने जस्ता विविध उदेश्यहरु कुसुम कृषि बजारको रहेको मुना कार्यदलका संयोजक युवराज गुरुङले जानकारी दिए।’