एजेन्सी–एक २४ वर्षीय युवाका कानमा जीवित साङ्ला अर्थात् कक्रोच भेटिएका छन्। एक रिपोर्टअनुसार कानमा समस्या भएपछि चीनको ग्वाङदोङ प्रान्तको हुआन्ग जिल्लाका निवासी २४ वर्षीय ल्वू गत महिना जिल्लाको सनेह अस्पताल पुगेका थिए।
अत्याधिक रूपमा कान दुख्न थालेपछि चीनका ती युवा अस्पताल पुगेका हुन्। उपचारका क्रममा उनको कानभित्र १० भन्दा बढी कक्रोच भेटिएका हुन्। अस्पतलाका नाक, कान, घाँटीका विशेषज्ञ डाक्टरसँग उनले आफ्नो कान निकै दुख्ने, भित्र केही हिँडिरहेको जस्तो, केहीले टोकीरहे जस्तो महसुस भइरहेको भन्दै आफ्नो समस्या राखेका थिए।
डाक्टरले उनको कान हेर्दा १० वटाभन्दा धेरै कक्रोच फेला पारेका हुन्। १० भन्दा धेरै साना तर, जीवित कक्रोचका बच्चाका साथ एक माउ कक्रोच कानभित्र यता उता घुमिरहेको अस्पतालका विशेषज्ञ डाक्टरले बताए।
अस्पतालले ती युवाको कानमा भेटिएको कक्रोच कालो र खैरो रंगका भएको माउ र माउ कक्रोजको तुलानामा बच्चा कक्रोच हल्का गाढा र साना भएको पुस्टि गरेको छ। डाक्टरले ती कक्रोचहरूलाई चिम्टीका साहयताले बाहिर निकालेका थिए। डाक्टरले कक्रोच कति सयमदेखि ती युवाको कानमा रहेको कुरा भन्ने पत्ता लाग्न नसकेको बताए।