इलाम– जिल्ला अनेरास्वबियुका अध्यक्ष प्रबेश परजुलीको नेतृत्वमा विद्यार्थी, नेकपाका स्थानीय नेता तथा सर्वसाधारणकोठूलो ¥यालीमा सहभागिता रहको थियो इलाम बजारको टुडिखेलबाट शुरु भएको बिरोध ¥याली इलाम चोकबजारमा पुगेर कोणसभामा परिणत भएको थियो।
इलाम चोकबजार अनेरास्वबियुको इकाइले भारतले सार्वजनिक गरेको नयाँ नक्साको विरोध गरेको छ। भारतले सार्वजनिक गरेको नेपालको लिपुलेक र कालापानी र लिम्वीयाधुरालाई भारतीयको नक्सामा गावेको विरोधमा आफ्नो भूमीमा समेटेपछि अनेरास्वबियुले विरोध प्रर्दशन गरेको हो।
उक्त नक्सा तत्काल खारेज गरेर नेपाली भूमिमाथि दाबी नगर्न दबाब स्वरुप प्रदर्शन गरिएको अनेरास्वबियुका केन्द्रिय सदस्य रबिन्द्र सुबेदिले सम्बोधन गर्दै भोली देखिका सङ्हर्षका कार्यक्रमहरुमा सबैलाई सहभागिताका लागि आह्वान गरेका थिए। उनले भारतीय हेपाहा र मिचाहा प्रवृत्तिको विरोध गर्नु साथै देशको माटो भारतले फिर्ता नगरेमा रगत बगाउन पनि तयार भएको बताएका थिए।
भारतले आफ्नो राजनितीक नक्साङ्कनमा नेपाली भूमी समेत समेटेर बिस्तारबादी नीति लिएको बिरोधमा सत्ताधारी विद्यार्थीहरुको संगठनले इलामको टुडिखेलमा आज बिरोध प्रदर्शन गरेका छन्।इलाम अनेरास्वबियुका सचिव मिलन खत्रीले जानकारी दिएका छन्।
