झापा–झापामा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। झापाको अर्जुनधारा नगरपालिका ३ कैजेरेका ५६ वर्षीइ खम्बबहादुर सेन्चुरीको करेन्ट लागेर मृत्यु भएको हो।
बिहिवार दिउँसो घरमा विद्युतको तार सर्ट भएपछि बनाउने क्रममा उनलाई करेण्ट लागेको थियो। करेण्ट सिकिस्त भएका सेन्चुरीलाई उपचारको लागि शनिश्चरेको शंकर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ।