काठमाण्डौ–विवाहको बेला दुलहा दुलहीले एकआपसको साइँली औंलामा औठी लगाइ दिने चलन छ। विवाह बन्धनमा बाधिएका महिलाहरूले बायाँ हातको साइँली औंला र पुरुषहरूले भने दायाँ हातको साइँली औंलामा औठी लगाउने चलन पहिलेदेखि नै चल्दै आएको मानिन्छ।
विवाहको चिन्ह स्वरुप औठी लगाइदिने चलन इशापूर्व ३००० मा शुरू भएको थियो र त्यसबेलादेखी विवाहमा औठी लगाउने चलन चल्दै आएको हो। यो परम्परा प्राचीन रोमन र ग्रीक समयमा चलेको मानिन्छ। तर, साइँली औंलामै औठी किन लगाइन्छ भनेर अधिकांश मानिसहरूलाई थाहा नहुन सक्छ।
पहिला औठी दुलहाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन थियो। अब भने औठी बेहुलालाई नै लगाइदिने गरिन्छ। केटिहरूको बायाँ हातको साइँली औंलामा र केटाहरूको दायाँ हातको साइंली औलाको नसा सिधै मुटुमा जोडिने हुँदा उक्त औला मा औंठी लगाइ दिँदा सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको बुझिन्छ।
विवाहको औंठीले परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सुत्रका रुपमा औंठीलाई लिने चलन छ। एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रुपमा पनि औंठी लगाइन्छ। कुनै ठाउँमा केटाहरूले समेत बायाँ हातको साइँली औलामा पनि औंठी लगाउने गरिन्छ किन कि सम्बन्धमा कहिले उत्ताचडाव नहोस् भन्ने आस्था रहेको छ।