काठमाडौं– भारत सरकारले हालै एक नयाँ नक्सा जारी गरेको छ। जसमा नेपाली भुभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको छ।
सो विषयमा राप्रपाको गम्भिर ध्याानाकर्षण भएको छ। सो भुभाग भारतले अनधिकृत रुपमा कब्जा गरेकोमा विगत बाटै विरोध हुदै आएको छ।
आफ्नो भुभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील कुरामा गम्भिर बन्न राप्रपाले सरकारसंग माग गरेको छ।प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भारतको यस कामको कुटनीतिक ढंगबाट प्रतिवाद गर्न सरकार र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ।
