मोरङ–भारतबाट अबैध रुपमा आयात गरिएको पटका प्रहरीले नष्ट गरेको छ। तिहार तथा छठ पर्वका लागि भन्दै भारतबाट आयात गरिएको चार लाख ५३ हजार ५० रुपैयाँ बराबरको पटका नष्ट गरेको हो।
मङ्गलबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकारहरूको उपस्थितिमा पटका नष्ट गरिएको हो।
विभिन्न मितीमा नियन्त्रमा लिएर नष्ट गरेको पटकाको बजार मुल्य ४ लाख ५३ हजार ५० रूपैयाँ रहेको जिल्ला प्रहरी कार्याल मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिए।