काठमाडौ–नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको नयाँ विमान शनिबार काठमाडौँ आइपुगेको छ।
सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले दुई वर्षअघि सीएन २३५–२२० विमान खरिद सम्झौता गरेको थियो।
विमान निर्माण तथा खरिदका लागि सेनाले सन् २०७४ सालमा पीटीडीआईसँग ३० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब ३८ करोड रुपियाँ) सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, यो विमान बहुउपयोगी छ। यो विमान विशिष्ट व्यक्ति (भीभीआईपी) को हवाई यात्रादेखि कार्गो सुविधा समेत सञ्चालन गर्न सकिने जनाइएको छ।
इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको उक्त विमान शनिवार विहान काठमाडौं आइपुगेको हो।