बुटवल– जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुलले कृष्णनगरमा २ दिन देखि लागु भएको कर्फ्यु हटाइएको छ। प्रशासनले बिहीबारदेखि लगाएको कर्फ्यु शनिबार बिहानबाट हटाएको हो।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले सूचना जारी गर्दै शनिबार बिहान ६ बजेदेखि कृष्णनगर बजार क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको बता । १० बुँदे सहमतिसँगै कृष्णनगरको तनाव साम्य भएकाले कर्फ्यु हटाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जानकारी दिए।
बुधबार लक्ष्मीपूजाको मूर्ति विसर्जनको क्रममा कृष्णनगरमा विवाद भएको थियो। प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको थियो। घटनापछि प्रशासनले बिहीबार बिहानदेखि कृष्णनगरमा कर्फ्यु लगाएको थियो।रासस