जनकपुरधाम– छठ पर्वको दोस्रो दिन आइतबार (कात्तिक १७ गते) प्रदेश नम्बर २ सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ।
संघीय सरकारले छठ पर्वको पहिलो दिन सार्वजनिक बिदा दिने गरेको थियो।
यो पटक छठ पर्वको पहिलो दिन नियमित साप्ताहिक बिदा (शनिबार) परेको हुनाले प्रदेश २ सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
शनिबार अस्ताउँदो र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदै छ।