काठमाण्डौ – काठमाण्डौको लप्सेफेदीमा बिहीबार बेलुकी बस दुर्घटना हुँदा ज्यान गुमाएका मध्ये २ जनाको मात्रै परिचय खुलेको छ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ की मिठु विक र मेलम्ची– १२ की कान्छीमाया तामाङको ज्यान गएको छ भने १ जना पुरुषको अझै परिचय खुल्न सकेको छैन।
दुर्घटनामा घाइते भएका ६५ जनामध्ये ३० जना उपचारपछि घर फर्किएका छन् भने बाँकीको काठमाडौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बिहीबार सिन्धुपाल्चोकबाट काठमाण्डौका लागि छुटेको बा ५ ख ५०७० नम्बरको बस काठमाण्डौको लप्सेफेदीमा दुर्घटना भएकोे थियो।