काठमाडौं– स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै बस्ने सम्भावना बढेको छ।
स्वास्थ्य परिक्षणको रिपोर्ट नआएका कारण डाक्टरले उनलाई अस्पतालमा बस्न सुझाव दिएको बताइएको छ। अहिले उनको स्वास्थ्य परिक्षणपछिको रिपोर्ट उपचारमा संलग्न चिकित्सकहरुले विश्लेषण गरिरहेकाे अस्पतालले बताएको छ।
बिहान ९ बजे अस्पताल पुगेका उनी रिपोर्ट आएपछि बालुवाटार फर्कने तयारीमा थिए। यसअघि उनका प्रेस सल्लाहकार कुन्दन अर्यालले पनि प्रधानमन्त्री साँझसम्म बालुवाटार फर्कने प्रतिक्रिया दिएका थिए।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे अस्पतालबाटै मिडियालाई जानकारी गराउने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार अर्यालले जानकारी दिएका छन्।