काठमाडाैं– स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अहिले ग्राण्डी अस्पतालमा छन्। चिसोका कारण स्वास्थ्यमा समस्या आएकाले उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका हुन्।
प्रधानमन्त्री ओलीलाई आइसियूबाट किड्नी ट्रान्सप्लान्ट युनिटमा सारिएको बताइएको छ। अस्पतालका डाक्टरहरुले परीक्षणको रिपोर्ट आएपछि मात्रै उनलाइ बालुवाटार फर्किन भनेका कारण उनी अस्पतालमै बसेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओली केहि बेरमै बालुवाटार फर्कँदै छन्। बिहान ९ बजे अस्पताल पुगेका उनलाई के भएको हो आधिकारिक रिपोर्ट भने आएको छैन।
दुई महिनाअघि सिंगापुरमा उपचार गराएका आएका उनलाई डाक्टरले आराम गर्न सुझाएको बताइन्छ।