काठमाडौ– भारत प्रशासित कश्मीरको कुलगाम जिल्लास्थित कातरसु गाउँमा गोली हानेर पाँच जनाको हत्या भएको छ।
एक जना गम्भीर घाइते भएका छन्। मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका बासिन्दा हुन्। उनीहरु मजदुर पनि हुन्। यो हत्यामा आतंकवादी समूहको संलग्नता रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
आतंकवादी समूहले पुलवाको एक विद्यालय बाहिर गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको छ । यद्यपि कोही पनि घाइते भएका छैनन्। आक्रमणकारीको खोजीका लागि सम्भावित क्षेत्रलाई घेराबन्दी गरेर अपरेशन सुरु गरिएको छ।
युरोपीय संसदको एक प्रतिनिधिमण्डल जम्मुकश्मीरको अवस्था बुझ्न भ्रमणमा आएको बेला आतंकवादी गतिविधि बडेको छ।