काठमाडौं– महाराजगञ्जबाट कौडा खेल्दै गरेको अवस्था बाट प्रकाउ परेका कांग्रेसका नेता पूर्व गृहराज्यमन्त्री इन्द्र बाँनियालाई नेपाल प्रहरीले छोडेको छ। काठमाडौं प्रहरी परिसर स्रोतले बाँनियालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीको आदेशमा छोडिएको जानकारी दिएको छ।
स्रोतले बाँनियाले आफूले जुवा खेल्न नभई हेर्न मात्र पुगेको भनेपछि उनलाई छोड्न लगाईएको बताएको छ। तर प्रहरीले बाँनियालाई पक्राउ नगरेको जनाएको छ। जुवाडेलाई छुटाउन आफुले कसैलाई पनि फोन नगरेको डिआईजी शैलेस थापाको भनाई छ। ‘जुवाडेलाई फोन गरेर छुटाउन मेरो नैतिकताले पनि दिँदैन र म कुनैपनि नेतालाई रिझाएर जागीर खाएको मान्छे पनि होइन,’ उनले भने।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबारराति महाराजगञ्ज पीपलमार्ग्स्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा उनी लगाएत २५ जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ रहेका छन्।
त्यस्तै राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन्।हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पनि रहेका छन्। उनीहरुमाथि जुवातास मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ।