काठमाडौं, १२ माघ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले अनशनरत डा.गोविन्द केसीसँग सरकारले वार्ताको पहल समेत नगरि चिकित्सा शिक्षा विधेयक पास गरेकोमा बिरोध जनाएका छन् ।
ट्वीटरमा एक ट्वीट गरेर संयोजक डा.भट्टराईले चिकित्सा क्षेत्रको सुधारको लागि गत पुस २५ गतेदेखि अनशनमा बसेका डा.गोविन्द केसीसँग एक पटक पनि सल्लाह समेत नगरि सरकारले अहंकारी रुप देखाएको आरोप लगाएका छन् ।
उनले लेखेका छन्,‘डा.के सीसँग वार्ताको पहल समेत नगरी एकपक्षीय रूपमा चिकित्सा शिक्षा विधेयक संसदबाट पास गराउनु सरकारको अहंकारी चरित्र देखियो !
प्राविधिक रूपमा सरकारको बहुमत रहेको हुनाले जायजै देखिएला तर राजनीतिमा नैतिकता र मानवीय संवेदना पनि हुन्छ । हामीले सहमतिगर्न दिएको सुझाव सुनिएन । हाम्रो विमति छ ।
डा. के सी संग वार्ताको पहल समेत नगरी एकपक्षीय रूपमा चिकित्सा शिक्षा विधेयक संसदबाट पास गराउनु सरकारको अहंकारी चरित्र देखियो!प्राविधिक रूपमा सरकारको बहुमत रहेको हुनाले जायजै देखिएला तर राजनीतिमा नैतिकता र मानवीय संवेदना पनि हुन्छ!हामीले सहमतिगर्न दिएको सुझाव सुनिएन!हाम्रो विमति छ!
— Baburam Bhattarai (@brb1954)
January 25, 2019