अजरबैजान– प्रधानमन्त्री केपी शर्मा ओलीअसंलग्न आन्दोलन (नाम) को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा अजरबैजानमा रहेका छन्। उनले शनिबार पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले आज अपराह्न बङ्गलादेश र पाकिस्तानका प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताए।
आजै प्रधानमन्त्रीले अजरबैजानका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नेछन्। रासस