काठमाण्डौ–नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा संविधान सभा सदस्य कमला घिमिरे सुवेदीको निधन भएको छ।
सुवेदी दोस्रो संविधान सभामामा समानुपातिकतर्फबाट सभासद बन्नुभएको थियो। तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेकी नेतृ सुवेदीको ५० वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो।
उहाँको पार्थिव शरीरमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको झण्डा ओढाउनु भएको थियो। उहाँको शनिबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
रामेछापको मन्थली घर भएकी सुवेदीको श्रीमान, एक छोरी र एक छोरा छन्।