अजरबैजान _ असंलग्न आन्दोलन(नाम)को यहाँ जारी १८औँ शिखर सम्मेलनका क्रममा भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्य्रक्ष निकोलस मदुरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज बाकु कन्भेन्शन सेण्टरमा भेटवार्ता भएको छ।
सो अवसरमा प्रधानमन्त्री ओलीले तीन वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेकामा राष्ट्रपति मदुरोलाई धन्यवाद दिए। उनीहरुबीच आपसी चासोका विषयमा पनि छलफल भएको थियो।
शिखर सम्मेलनमा भारतको नेतृत्व गर्नुभएका भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि आजै भेटवार्ता भयो। सो अवसरमा उहाँहरुबीच द्विपक्षीय हित र नामका विविध पक्षमा छलफल भयो। यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज केन्याका उपविदेशमन्त्री अबाबु नामवाम्बाले नाम शिखर सम्मेलनका क्रममा भेट गरे।
नाम सम्मेलन आजै राजधानी बाकुको बाकु कन्भेन्शन सेन्टरको अडिटोरियममा शुरु भएको हो। सम्मेलनका आजै उद्घाटन, नामका नयाँ अध्यक्षको निर्वाचन र बाङड्ुङ सिद्धान्तको पालना विषयमा मन्तव्य व्यक्त गरिएको थियो। रासस