काठमाडौं– हिन्दुहरुको दोस्रो महान चार्ड तिहारलाई हामी पाँच दिनसम्म मनाउने गर्छौं। ती पाँच दिनको आफ्नै भिन्दै महत्व र मान्यता रहेको छ। तिहारमा हामी विषेश लक्ष्मी, कुवेर र धनवन्तरिको पूजा गर्छौं। यो दिन मानिसहरु देवी माता लक्ष्मी र कुवेरलाई प्रसन्न गर्नको लागि विभिन्न उपायहरु गर्छन्।
यो दिन देवी माता लक्ष्मीलाई खुशी बनाउन सकियो भने वर्षभरी नै कुनै किसिमको समस्या हुँदैन भन्ने धार्मिक विश्वास छ। त्यसैले आज हामी तपाईंलाई धन्तेरसमा गर्ने त्यस्ता केही विशेष उपायहरुको बारेमा जानकारी दिँदैछौ।
धनतेरसमा गर्नु पर्ने कामहरुः
दियो ल्याउनुहोस्– धन्तेरसको दिन साँझमा एउटा दियो बालेर त्यसको नजिक एउटा कौडा राखिदिनुपर्छ। त्यो कौडालाई रातो कपडामा बेरेर सेफ अथवा पैसा राख्ने ठाउँमा राख्नुपर्छ। त्यसो गर्दा घरमा कहिल्यै पैसाको कमी हुँदैन भन्ने धार्मिक मान्यता छ।
यो मन्त्रका साथ जप गर्नुपर्छ– साँझ पूजा गर्दा १०८ पटक ‘ओम यक्षाय कुवेराय वैश्रववाय, धन–धान्यधिपतये धन-धान्यसमृद्धिममदेहीदापय स्वाहा’ भन्दै कुवेरको मन्त्रको जप गर्नुपर्छ। यसो गर्दा धनको कमी हुँदैन भन्ने किंवदन्ती छ।
२१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित गर्नुपर्छ– राति बिउहरुबाट अभिमन्त्रितत गरिएको २१ वटा चामलको अक्षतालाई रातो थैलीमा बाधेर लक्ष्मी–कुवेरको पूजा गर्नुपर्छ। अभिमन्त्रित गरिएको अक्षतालाई धनसँग राख्नुपर्छ। यसो गर्नाले सबै आर्थिक रुपमा भएका सम्पूर्ण समस्याहरु कम हुन्छ भन्ने धार्मिक मान्यता छ।
श्रीसूक्तको पाठ गर्नुपर्छ– धन्तेरसदेखि भाइटीकासम्म नित्य रात्रिमा ११ वटा कौडालाई रातो वस्त्रमा राखेर श्रीसूक्तको पाठ गर्नुपर्छ। भाइटीकापछि त्यसलाई धनसँग राख्नुपर्छ। यसो गर्दा तपाईलाई लाभ हुन्छ भन्ने विश्वास छ।
चाँदीको सिक्का– धन्तेरसमा चाँदीको सिक्का र काँचो बेसारको टुक्रालाई पूजा गर्नाले जीवनमा उन्नती र प्रगति प्राप्त हुने मानिन्छ।
धन सम्बन्धी समस्याको कमी– यदि तपाईंसँग पैसा टिँक्दैन र धनको कमी हुन्छ भने धन्तेरसदेखि लक्ष्मी पूजाको दिनसम्म हरेक दिन माता लक्ष्मीलाई एक जोडी ल्वाङ चढाउनुपर्छ। यसोगर्दा पैसा टिक्न थाल्छ।
धनसँगै सम्मान पनि प्राप्त हुन्छ भन्ने विश्वास– ज्योतिष शास्त्रका अनुसार चमेरो बसेको रुखको हाँगा भाँचेर घरमा ल्याउनुपर्छ र यसलाई बैठक कोठामा राख्नुपर्छ। यसो गर्नाले तपाईंको रोकिएको काम पूरा हुन्छ।
पर्समा राख्नुपर्ने कुरा– धन्तेरसको दिन कुनै तेस्रो लिंगीको हातबाट पैसा लिएर आफ्नो पर्समा राख्नुपर्छ। त्यसो गर्नाले तपाईले जिन्दगीमा धेरै सफलता प्राप्त गर्नुहुन्छ।
श्रीयन्त्रको पूजा– धन्तेरस र लक्ष्मी पूजामा श्रीयन्त्रको पूजा गर्नाले जीवनमा कहिल्यै पैसाको खाँचो पर्दैन।