काठमाडौ– नेपाली बजारमा इटालियन कम्पनी इटलजेटको बुक्यानिर २५० आइ मोटरसाइकल भित्र्याइएकाे छ। क्लासिक लुक भएको इटालियन मोटरसाइकल डिजाइ प्रति धेरै आर्कषण बढेको छ।
यो बाइकको माग बजामार बढ्दो देखिएको छ। यो बाइकमा २५०सीसी भि–ट्वीन ४ स्ट्रोक इन्जिन लगाइएको छ। लम्बाई २०६० एमएम, चौडाई ७५० एमएम, उचाई १०९० एमएम भएको बाइकको ह्वीलवेश १४४० एमएम रहेको छ। यसको सिट हाइट भने ८२० एमएम रहेको। यसमा उपलब्ध फ्युल इन्जेक्टेड एयरकुल्ड एसओएसी इन्जिनले ८ हजार आरपीएममा १४ किलोवाट पावरका साथै ६ हजार आरपीएममा १९ एनएम टर्क उत्पादन गर्न क्षमताको रहेको छ। यसको इन्जिनमा पाँच स्पीड गियरबक्स दिइएको छ।
यो बाइक १४ लिटर क्षमताको फ्युल ट्यांकी भएको र तौल १२८ किलोग्राम यसको फ्रन्ट र रियरमा १७ इन्चको अलोय ह्वील लगाइएको छ ।यसको फ्रन्टमा ३७ एमएमको टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन लगाइएको छ भने रियरमा हाइड्रोलिक मनोशक दिइएको छ।
प्रतिघन्टा १३१ किलोमिटरको टप स्पीड क्षमता भएको इटलजेट २५० आइले एक लिटरमा ३० किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेको छ। यो बाइक नेपाली बजारमा ५ लाख ६१ हजार रुपैयाँमा बिक्री भइरहेको छ।