एजेन्सी - रांचीको जेएससीए क्रिकेट मैदानमा भारत र दक्षिण अफ्रीकाबीच भएको तेस्रो खेलमा भारतीय टीम विजय भयो। भारतीय टीमका पूर्व कप्तान महेंद्र सिंह धोनीको घरेलु मैदानमा भएको खेलमा भारतले एक ईनिङ र २ सय २ रनले दक्षिण अफ्रीकालाई पराजित गरेर श्रृखंलामा पाहुना टोलीलाई लज्जास्पद हार चखायो।
जीतपछि आयोजित पत्रकार सम्मेलनमा एक संवाददाताले धोनीको बारेमा प्रश्न गर्दा बिराट काेहलीले कडा जवाफ दिएका थिए। बिसिसिआईले सो भिडियोलाई आफ्नो ट्विटरमा शेयर पनि गरेको थियो। कोहलीको यो जवाफ हासोँलाग्दो थियो।
अन्तिम टेष्टपछि खेलको बारेमा सोधिएको प्रश्नको जवाफ दिइरहेका कोहलीलाई एक संवाददाताले प्रश्न गरे, ‘धोनीको भविष्य कहाँ छ?’ उनले जवाफमा भने, ‘उहाँ चेंज रुममा हुनुहुन्छ, मन छ भने उहाँलाई भेटेर हाई हेलो गर्न सक्नुहुन्छ।’
https://twitter.com/BCCI/status/1186524584734052353
धोनी खेलको चौथो दिन भारतीय टीमलाई हौसला दिन स्टेडियम पुगेको कुरा धेरैलाई थाहा थिएन्। पूर्व कप्तान धोनीले वल्र्ड कपको सेमीफाइनल पछि क्रिकेट खेलेका छैनन्।
जुलाईपछि धोनीले आफ्नो हातमा ब्याटसमेत उठाएका छैनन्। महेंद्र सिंह धोनीको पछिल्लो दुई सीरीजदेखि भारतीय टोलीमा सहभागीता छैन। यस्तै आगामी बंग्लादेशको सीरीजमा पनि उनी देखिने छैनन्।
धोनी वर्ल्ड कपपछि भारतीय सेनामा आफ्नो ड्यूटीलाई निरन्तरता दिन गएका थिए। त्यहाँबाट फर्केर आएपछि आफ्नो व्यवसायिक कामलाई पूरा गरे। धोनीको कम्मरमा समस्या आएको कारण क्रिकेटबाट टाढा भएको खबर पनि आएको थियो। यो समस्या त उनलाई आइपीएल र वर्ल्ड कपमा पनि थियो।