पाँचथर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै पनि विवाद नरहेको जनाएका छन्।
आलोपालो प्रधानमन्त्रीलाई लिएर नेकपाका दुई अध्यक्षबिच दुरी बढेको आशंका भइरहेको थियो। त्यसैबेला प्रचण्डले हल्लाको पछाडि नलाग्न आग्रह गरेका हुन्। उनले पाँचथरमा कार्यक्रम प्रशिक्षणपछि सञ्चारकर्मीहरुसँग पार्टी एकता गर्ने भएका समझदारीहरु कार्यान्वयनका क्रममा रहेको जानकारी दिए।
उनका अनुसार मुलभूत रुपमा सहमति कार्यान्वयनमा अगाडि बढिरहेका छौं। अरु सबै समझदारीहरु महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुन्छन्। आफु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमबार मात्र दुई घण्टा कुराकानी भएको उनले बताए। प्रचण्डले भने, ‘समग्र स्थितिलाई कसरी लैजाने भनेर समिक्षा गरेका छौं र एउटा समझदारीमा फेरि अगाडि जाने संकल्प गरेका छौं।’