काठमाडौं – ब्राजिलमा भएको विश्व कराँते च्याम्पियनसिपमा नेपालका टिम कोच एवं नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव दिनेश शर्मा सम्मानीत भएका छन्।
नेपालमा मार्शल आर्टसको विकास र बिस्तारमा उल्लेख्य योगदान गरेको कारण शर्मालाई एप्रिसेसन अवार्ड र गोल्ड मेडलले अन्तरराष्ट्रिय कराँते महासंघले सम्मान गरेको हो। शर्मा यसअघि अमेरीका, बेलायत, जर्मनी, भारतलगायतका देशबाट सम्मानीत भईसकेका छन्। प्रशिक्षक शर्मा बारा निजगढ ३ सिंगौल निवासी हुन्।
उक्त प्रतियोगितामा ६० देखी ६५ किलोको खुल्ला प्रतियोगीताको कुमुतेतर्फ कास्य पदक विजेता नेपालका राज कुमार दराई र टिम मेनेजर रामकृष्ण श्रेष्ठ (राम बोस) पनि सम्मानित भएका छन्।
