एजेन्सी– जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्ड विजयी भएको छ। डर्टमन्डले बोरुसिया मोन्चेग्लावाचलाई १–० को साँघुरो अन्तरले हराएको हो।
खेलमा डर्टमन्डका लागि कप्तान मार्काे रिउसको एकमात्र गोल नै निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा १ गोल सम्भव भएको थियो। खेलको ३३औं मिनेटमा थोर्गान हजार्डल गोल गरेपछि भिएआरको सहायताले गोलको मान्यता पाएन।
खेलको ५८ औं मिनेटमा थोर्गान हजार्डकै पासमा कप्तान रिउसले गोल गर्दै डर्टमन्डको जित पक्का गरेका थिए।
यो जितसँगै डर्टमन्ड ८ खेलबाट १५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। पराजित मोन्चेग्लावाच समान खेलबाटै १६ अंक जोडेर शीर्षस्थानमा छ।
त्यस्तै अर्काे खेलमा बायर्न म्युनिखले अग्ववर्गसँग २–२ गोलको बराबरी खेलेको छ। खेलको शुरुवाती मिनेटमा अग्ववर्गले खेलमा अग्रता बनाएको थियो। पहिलो मिनेटमै मार्काे रिचटरको गोल गरेका थिए। तर १ ४औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा फर्काएका थिए।
दोस्रो हाफको ४९ औं मिनेटमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई खेलमा २–१ को अग्रता दिलाए। इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अल्फ्रेड फिनवोगासनले गोल गरेपछि बायर्न जितबाट वञ्चित बन्यो। बराबरीपछि बायर्न १५ अंकसहित तेस्रो स्थानमा छ। अग्सवर्ग ६ अंक जोडेर १५औं स्थानमा छ।