काठमाडौं– धितोपत्र सूचीकरणको वार्षिक शुल्क नबुझाएको भन्दै नेपाल स्टक एक्सचेन्जले १८ वटा बैंकसहित ८१ कम्पनीको शेयर कारोबार रोकेको छ।
स्टक एक्सचेन्जको अनुसार ती कम्पनीको शेयर कारोबार आजबाट रोक्का भएको छ। धितोपत्र सूचीकरण नियमावली २०७५ विनियम १६ (१) (क) बमोजिम धितोपत्र सूचीकरणको वार्षिक शुल्क नुबझाएको कारणले कारोबार स्थगित गरिएको हो।
धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र यस्तो शुल्क बुझाइसक्नु पर्ने प्रावधान छ। यदि यस समयमा शुल्क नबुझाएमा शेयर कारोबार रोक्का हुन्छ। नेप्सेले यद्यपि, शुल्क बुझाउँदै गए क्रमशः कारोबार पनि फुकुवा हुने जनाएको छ।
कारोबार रोक्का भएका कम्पनीहरुमा १८ वटा विकास बैंक, १९ वटा लघुवित्त कम्पनी, ३ वटा व्यापार कम्पनी, सोल्टी र याक एन्ड यति गरी २ वटा होटल, अन्य समूहका २ वटा कम्पनी र ११ वटा लघुवित्त कम्पनी छन्। यस्तै उत्पादन समूहका ११ वटा, जलविद्युत समुहका १३ वटा, बिमा समूहका २ वटा कम्पनी छन्।
Nepal Stock Exchange